भारत सबैभन्दा धेरै फेसबुक चलाउने देश, २४ करोड १ लाखको फेसबुक एकाउण्ट

शनिबार, असार ३१, २०७४ | ०९:२९:३६ am मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं, असार ३१ः सामाजिक सञ्जाल फेसबुकको सबैभन्दा धेरै प्रयोगकर्ता भारतमा रहेका छन् ।

गएको बिहिबारसम्ममा भारतका २४ करोड १ लाख जनाले फेसबुक खाता खोलेको द नेक्स्ट वेभ संस्थाले जनाएको छ । संस्थाका अनुसार अमेरिकाका २४ करोड नागरिकले फेसबुकमा खाता खोलेका छन् ।

सन् २०१७ को सुरुदेखि नै भारत र अमेरिकामा फेसबुक प्रयोगकर्ता निकै बढेको पाइए पनि अमेरिकामा भन्दा भारतमा फेसबुक प्रयोगकर्ता दुई गुणा धेरैले बढीरहेको देखिएको बिबिसीले जनाएको छ ।

गएको ६ महिनामा भारतमा फेसबुक प्रयोग गर्नेको संख्या २७ प्रतिशतले बढेको तथा अमेरिकामा यो संख्या १२ प्रतिशत मात्रै रहेको पाइएको हो ।

प्रतिकृया