डा.केसीको स्वास्थ्य अवस्था निकै नाजुक, अनशन तोडाउने पहल नगरेको केसी पक्षको गुनासो

सोमवार, साउन ३०, २०७४ | ०६:३९:२४ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं, साउन ३०ः विगत २२ दिनदेखी अनशनरत प्रा.डा.गोविन्द केसीको स्वास्थ्य अवस्था निकै नाजुक बन्दै गएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । Dr-Govinda-Kc-hunger-strike

शरीरमा अक्सिजन, क्याल्सियम र पोटासियमको मात्रा कम हुँदा डा. केसीलाई बोल्न समेत समस्या भएको डा.सन्तोष क्षेत्रीले जानकारी दिए । मुटुको चालमा गडबडी भएर प्रति मिनेट घडकन २ सयसम्म पुग्ने गरेको पनि उनले बताएका छन् ।

डा.केसी पक्ष र सरकारबीच छलफलसमेत हुन नसकेको र सरकारी पक्षले अनशन तोडाउने पहल समेत नगरेको केसीका प्रतिनिधि अभिशेक सिँहले बताए ।

यसैगरी आज सोमबार पनि केसीको समर्थन तथा सरकारलाई दबाब दिनको लागि शिक्षण अस्पताल महारान्ज र न्याम्स अन्तर्गत वीर अस्पतालका आवासीय चिकित्सकहरुले संयुक्त रुपमा प्रदर्शन गरेका छन् ।

वीर अस्पतालबाट सुरु गरिएका प्रदर्शन वसन्तपुर पुगेर सभामा परिणत भएको थियो ।

प्रतिकृया