केसीको अनशन २२औँ दिन पार, निर्णायक वार्ता हुनै सकेन

मङ्लबार, साउन ३१, २०७४ | ०८:३०:३१ am मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं, साउन ३१ः डा.गोविन्द केसीको ११औँ अनशन २२औँ दिन नाघेको छ । तर, सरकार उदासीन हुँदा वार्तासमेत बस्न छाडेको छ ।

प्रधानमन्त्री व्यस्त भएको भन्दै सोमबार वार्ता टोलीका सदस्यले समेत डा.केसी समर्थकलाई सम्पर्क गरेनन् । बार्ता समिति गठन भएको सुरुवाती दिनमा केही छलफल भएपनि पछिल्ला दिनमा दुई पक्षबिच गंभिर छलफल हुन नसकेको केसी पक्षिय बार्ता समितिका सदस्य डा.अभिषेकराज सिंहले बताए ।

आइतबार बार्तामा बोलाएपनि माग पूरा गर्ने गम्भीरता नदेखिएको उनको भनाइ छ । यो खबर आजको नयाँ पत्रिकामा छ । ‘सोमबार त हामीले फोन गरेका थियौं,’ उनले भने, ‘सरकारी बार्ता टोलीले चासो नै दिएन । उनीहरु वार्ता टार्ने प्रयासमा देखिन थालेका छन् ।

’दशौँपटक वार्तामा बस्दा २२औँ दिनमा सहमति भएको थियो । तर, त्यही सहमति कायम गर्न उनी फेरि अनसन बस्दा २२ दिन नाघ्दा पनि सरकारले सुनेको छैन । उता, डा.केसीको स्वास्थ्य भने कमजोर बन्दै गएको चिकित्सकहरुले बताएका छन् ।

प्रतिकृया