तीजको अवसरमा टेलिकमले ल्यायो यस्तो अफर !

आइतवार, भदौ ४, २०७४ | ०६:४७:०५ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं, भदौ ४ः नेपाल टेलिकमले बुवाको मुख हेर्ने दिन तथा तीजको अवसरमा विभिन्न प्रकारका अफर उपलब्ध गराउने भएको छ ।

अफर अन्तर्गत जीएसएम प्रिपेड र पोष्टपेड मोबाइलमा युट्युब डाटा प्याकेज र डिस्काउन्टेड भ्वाइस डाटा प्याकेज रहेका छन् । युट्युब डाटा प्याकेज अन्तर्गत एक सय रुपैयाँमा १ जिबी डाटा भोल्युम प्राप्त हुने टेलिकमले जनाएको छ । यो प्याकेज २१ दिनको अवधिसम्म प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ ।

त्यसैगरी ६० रुपैयाँमा ५ सय एमबी डाटा १४ दिन अवधिका लागि उपलब्ध हुनेछ । डिस्काउन्टेड भ्वाइस डाटा प्याकेज अन्तर्गत प्याक १ सय ५० र प्याक २ सय ५० उपलब्ध हुनेछ ।

प्याक १ सय ५० अन्तर्गत १५० रुपैयाँमा ६ सय एमबी र प्याक २ सय ५० अन्तर्गत २ सय ५० रुपैयाँमा १ जिबी डाटा भोल्युम उपलब्ध हुनेछ ।

प्रतिकृया