एउटा फरक तीज कार्यक्रम, जहाँ गरियो नाचगानका साथै एरोविक्स व्यायामको चर्चा

सोमवार, भदौ ५, २०७४ | ०२:४७:१३ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं, भदौ ५ः हिन्दु नारीहरुको महान चाड तीज नजिकिदै गर्दा देशभर नाचगान गर्ने, गीत गाउने र दर खाने लगायतका बिभिन्न कार्यक्रम भईरहेका छन् ।

तर शनिबार काठमाडौं बसुन्धराको एक पार्टी प्यालेसमा अलिक पृथक कार्यक्रमको आयोजना गरियो । एनडी एरोविक्स र स्टार कलिउडको आयोजनामा भएको कार्यक्रममा शारीरिक स्फूर्तिका एरोविक्स ब्यायम अनिबार्य भएको चर्चा गर्दै नाचगानसहित उक्त कार्यक्रम मनाईयो । 1503304477arobic

कलाकार तथा एरोविक्स प्रशिक्षक नयन डिसीको संयोजनमा भएको दर खाने कार्यक्रममा एरोविक्स डान्सका बारेमा चर्चा गरियो । कार्यक्रममा कलाकार तथा एरोविक्स प्रशिक्षक नयन डिसी, समाजसेवी सावित्री अधिकारी, संयुक्त अपाङ्ग एकता आवास केन्द्रका अध्यक्ष तिल बहादुर कार्कीलगायतले शुभकामना मन्तव्य राखे । साथै कार्यक्रममा केहि कलाकार र पत्रकारहरुको सम्मान पनि गरियो ।nayan4

एरोविक्स व्यायामका प्रवद्र्धकसमेत रहेको डिसीले अन्तराष्ट्रिय स्तरमा नियमित एरोविक्स व्ययामले धेरै मानिसहरुलाई स्फूर्ति बनाएकाले नियमित अभ्यास गर्न आग्रह गरे ।

कार्यक्रममा गायिका सरु गौतम, गायक चिरिन्जीवि भण्डारी, भद्र ओली लगायतका कलाकारहरुको उपस्थिती थियो ।

प्रतिकृया