महानगरमा फरर फ्री वाइफाईः दुई करोड विनियोजन

शुक्रबार, भदौ ९, २०७४ | ०८:०६:१६ am मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं, भदौं ९ः काठमाडौंभित्रका ऐतिहासिक सम्पदा तथा सार्वजनिक स्थलमा निशुल्क एन्टरनेट सेवा प्रदान गरिने भएको छ । kathmandu_free_wifi_ratoapti_rtbTvKUR1l

महानगरपालिकाले सम्पदा तथा सार्वजनिक स्थलमा घुम्न आउने पर्यटक तथा स्थानीयका लागि फ्री वाइफाई जोन बनाउन लागेको हो । महानगरपालिकाको आर्थिक बर्ष २०७४ ७५ को निती तथा कार्यक्रममा नै काठमाडौंमा महत्वपूर्ण स्थलमा फ्री वाइफाई जोन बनाउन दुई करोड रुपैयाँ विनियोजित गरेको छ ।

महानगरपालिकाले पहिलो चरणमा फ्री वाइफाई जडान गर्ने स्थलको प्रारम्भिक टुंगो लगाएको छ । आजको नागरिक काष्ठमण्डपमा खबर छ । जसअनुसार, हनुमानढोका, दरबार परिसर, पशुपति क्षेत्र, स्वयम्भू चैत्य, बौद्धनाथ स्तुपा, बालाजु पार्क र शंखपार्कलाई फ्री वाइफाई जोन बनाउने योजना अघि सारेको छ ।

पर्यटकले घुम्नेबित्तिकै फोटो तथा भिडियो अपलोड गर्न सहज होस् भनेर नै इनटरनेट सेवा जडान गरिएको काठमाडौं महानगरपालिका प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताए ।

प्रतिकृया