स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेललाई स्वाइनफ्लु !

बिहिबार, भदौ १५, २०७४ | ०९:०८:०१ am मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं, भदौं १५ः स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेललाई स्वाइनफ्लु भएको छ । उनलाई एन्फ्लुएन्जा ए पोजेटिभ भाइरस (एच एन १) पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा श्रीकृष्ण गिरीले बताए ।

पोखरेल एक हप्तादेखि वीर अस्पतालमा उपचार गराइरहेका छन् । गिरीका अनुसार दुई दिनअघि स्वाइनफ्लुको आशंकामा खकार परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो ।

उनलाई फिजिसियन डा. सुरेन्द्रलाल श्रेष्ठ नेतृत्वको टोलीले हेरिरहेको छ । राहत वितरणका लागि महोत्तरी गएका बेला बिरामी भएपछि पोखरेललाई गत शनिबार वीर अस्पताल ल्याइएको थियो ।

प्रतिकृया