यी हुन् दशैंमा नयाँ नोट साट्न पाईने स्थानहरु ?

सोमवार, भदौ १९, २०७४ | ०६:०३:४८ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं, भदौ १९ः आउँदै गरेको महान चाड दसैँका लागि आउँदो २८ गतेदेखि नयाँ नोट साट्न पाइने भएको छ । money11

नेपाल राष्ट्र बैंकले नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय थापाथलीसहित नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकका शाखाहरुबाट २८ गतेदेखि नयाँ नोट साट्न पाइने व्यवस्था मिलाइएको जनाएको छ ।

ती बैकका शाखाहरुबाट ५, १०, २०, ५० र एक सय दरका नया नोट सटही गर्न सकिनेछ । राष्ट्र बैंकले निकालेको सूचनामा नयाँ नोट एकजनाले २० हजारसम्म साट्न पाउनेछन् ।

यस्तै राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागका काउन्टरबाट भने २७ हजार रुपैयाँ सम्म नोट सटही गर्न सकिनेछ । काठमाडौंको थापाथलीमा रहेको आफ्नो केन्द्रीय कार्यालयबाट नोट सटही हुने जानकारी पनि राष्ट्र बैंकले गराएको छ ।

867a4aceeb22f4f72d492a736defa7201504494032

प्रतिकृया