धुर्मुस–सुन्तलीको अर्को घोषणा, बाढी पीडितका लागि बस्ती निर्माण

सोमवार, भदौ १९, २०७४ | ०६:१३:३८ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं, भदौं १९ः हास्य कलाकार जोडी तथा समाजसेवी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले चौंथो एकिकृत बस्ती निर्माण गर्ने घोषणा गरेका छन् ।

महोत्तरीमा मुसहरहरुका लागि बस्ती बनाएलगत्तै नमुना नेपाल बनाउने घोषणा गरेका उनीहरुले तराईमा हालै आएको बाढीबाट प्रभावितहरुका लागि एकिकृत बस्ती बनाउने घोषणा गरेका हुन् । cover-18082017035241-600x0

अविरलको वर्षासँगै डुबानमा परेका तराईका जिल्लाहरुमा करिब दुई हप्ता राहत वितरण तथा उद्धार कार्यमा बिताएका कलाकार धुर्मुसले नमुना नेपालको योेजनासहित एकिकृत बस्ती बनाउने बताए ।

धुर्मुस–सुन्तलीले ठाउँ टुंगो लाग्नेबित्तिकै एकिकृत बस्तीको काम सुरु भइहाल्ने भएकाले सहयोगका लागि अनुरोध गरेका छन् ।

प्रतिकृया