नेपाल आइडलको भोट नगन्न भन्दै अदालतले दियोे यस्तो आदेश ?

बुधबार, भदौ २१, २०७४ | ०६:१३:३७ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं, भदौं २१ः काठमाडौं जिल्ला अदालतले नेपाल आइडलको भोट गणना गर्ने कार्य नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ।

अन्तर्राष्ट्रिय आइडल सिरिजको नेपाल संस्करण ‘नेपाल आइडल’को भोट गन्ने काम रोक्न काठमाडौं जिल्ला अदालतले अन्तरिम आदेश दिएको हो । अदालतले भोटिङ लगायत सबै सक्कल फाइल लिएर अदालतमा उपस्थित हुनसमेत आदेश दिएको छ । maxresdefault

अदालतले मुद्दाको विपक्षी नेपाल आइडल सञ्चालन गर्ने एपी वान टेलिभिजनलाई भदौ २३ गते बिहान १० बजे भोटिङ लगायत कार्यक्रमका सबै सक्कल फाइल लिएर अदालतमा उपस्थित हुन आदेश दिएको हो । भोटिङ गन्ने काम एकपक्षीय रुपमा भएको भन्दै अधिवक्ता यज्ञमणि न्यौपानेले सोमबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेका थिए ।

बुधबार जिल्ला अदालतका न्यायाधीश दिवाकार भट्टको एकल इजालशले नेपाल आइडल विरुद्ध परेको रिटमा सुनुवाई गर्दै भोट गन्न रोक्न र सक्कल फाइ्लसहित उपस्थित हुन भनेको हो । अब आउँदो २३ गते दुवै पक्षको बहसपछि आइडल निरन्तर रहने वा के हुने भन्ने टुंगो लाग्ने छ ।

प्रतिकृया