छक्का पञ्जा २ को ट्रेलर युट्युबमा हिट (ट्रेलर सहित)

बिहिबार, भदौ २२, २०७४ | ०४:१५:२८ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं, भदौं २२ः चलचित्र छक्का पञ्जा २ को ट्रेलर युट्युबमा सार्वजनिक भएको एक दिनमै दर्शकको राम्रो भ्युअर पाएको छ ।chhakka-panja-2-1

सार्वजनिक भएको २४ घण्टामै ट्रेलर ५ लाख ८१ हजार भन्दा बढी पटक हेरिएर युट्युब ट्रेन्डिङको नम्बर १ मा पर्न सफल भएको हो । यसअघि नै सार्वजनिक भएको छक्का पञ्जा २ को गीत ‘ए दाजु नसमाउ नाडीमा’ केही विवादका बिच निकै नै लोकप्रिय भएको थियो ।

दीपाश्री निरौलाको निर्देशन रहेको यस चलचित्रमा दीपकराज गिरी, प्रियंका कार्की, जितु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, वर्षा राउत, गौरव पहारी, स्वस्तिमा खड्का, लक्ष्मी गिरी, जयनन्द लामा, शिवहरि पौडेल, किरण केसी, राजाराम पौडेललगायतका कलाकारको अभिनय रहेको छ ।

छक्का पञ्जा २ दसैँको अवसरमा असोज ११ गते देखि सिनेमा घरमा प्रदर्शन हुनेछ ।

प्रतिकृया