नेपाल आइडलविरुद्ध परेको रिट अदालतद्धारा खारेज

शुक्रबार, भदौ २३, २०७४ | ०४:४५:१४ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं, भदौ २३ः नेपाली टेलिभिजन रियालिटी शो नेपाल आइडलविरुद्ध परेको रिट काठमाडौं जिल्ला अदालतले खारेज गरिदिएको छ ।

न्यायाधीश दिवाकर भट्टको एकल इजलासले अधिवक्ता यज्ञमणि न्यौपानेले दायर गरेको रिट खारेजको आदेश दिएको हो । अधिवक्ता न्यौपानेले नेपाल आइडलमा भोट गन्ने काम एक पक्षीय भएको भन्दै काठमाडौं जिल्ला अदालतमा रिट दायर गरेका थिए ।

यसअघि बुधबार दिवाकर भट्टको एकल इजलासले नेपाल आइडल आयोजकलाई भोट गन्ने काम रोक्न र सक्कल फाइलसहित अदालतमा उपस्थित हुन आग्रह गरेको थियो ।

प्रतिकृया