जाट नेपालमा नयाँ कार्यसमिति, अध्यक्षमा भण्डारी

आइतवार, भदौ २५, २०७४ | ०६:१४:५६ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौ, भदौं २५: पर्यटन पत्रकार संघ (जाट–नेपाल)को सातौं वार्षिक साधारणसभाले नारायण भण्डारीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

सर्वसम्मत निर्वाििचत संघको प्रथम उपाध्यक्षमा शिव श्रेष्ठ, द्वितीय उपाध्यक्षमा शेखर अधिकारी, महासचिवमा हरिशरण न्यौपाने, सचिवमा कुमार चौलागाई र कोषाध्यक्षमा राजीव जोशी रहेका छन् । त्यस्तै, सदस्यहरुमा शंकर प्रधानाङ्ग, किशोर खड्का, सविता उप्रेती, किशोर बस्नेत, अच्यूत रेग्मी, श्रीहरी श्रेष्ठ र मोहनप्रसाद मैनालीलाई चयन गरेको छ । १५ सदस्यीय कार्यसमितिमा दुई सदस्य अध्यक्षले मनोनित गर्नेछ । 21552376_1799372843423706_1755735998_n

साधारणसभाको उद्घाटन सत्रमा पर्यटन पत्रकारिता मार्फत सगरमाथाको उचाइ समान योगदान पुर्याएको भन्दै नेपाल टेलिभिजनका बरिष्ठ सम्पादक राजु सिलवाललाई ८८४८ नगद पुरस्कारसहित ‘स्व.हरिराज जोशी पर्यटन पत्रकारिता पुरस्कार’बाट सम्मान गरियो । त्यस्तै, संघलाई सात वर्षसम्मको यात्रामा निरन्तर सहयोग गरेको भन्दै नेपाल पर्यटन बोर्ड, नेपाल पर्वतारोहण संघ र खुम्बिला प्रतिष्ठानलाई कदर गरेको थियो । कार्यक्रममा शुभकामना व्यक्त गर्दै पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले पर्यटनको विकासमा पत्रकारहरुले पुर्याएको योगदानको कदर गर्दै पर्यटनको प्रबद्र्धनमा एकसाथ अगाडि बढ्ने धारणा राखेका थिए ।

त्यस्तै शुभकामना व्यक्त गर्दै ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान)का अध्यक्ष चन्द्र रिजालले नकारात्मक सोचका साथ पर्यटन पत्रकारिता गर्नेहरुले अखडा जमाएको भन्दै सकारात्मक रिपोर्टिङ गर्नेहरुलाई जाट नेपालले प्रोत्साहन गर्नु पर्ने बताए । त्यस्तै, नेपाल पत्रकार महासंघका उपाध्यक्ष दिलिप थापाले नेपालमा पर्यटन प्रबद्र्धनका लागि जाट नेपाल र पत्रकार महासंघबीचको सहकार्य आवश्यक रहेको बताए ।21586210_1799372840090373_1497838351_n

उद्घाटन सत्रमा स्वागत मन्तव्य दिदै संघका प्रथम उपाध्यक्ष शिव श्रेष्ठले जाट नेपालको सम्पत्ति भनेकै संस्था स्थापना भएपछि विभिन्न राष्ट्रिय दैनिक, टेलिभिजन र अनलाइनहरुले पर्यटनलाई प्राथमिकता दिएको बताए । उनले जाट नेपालकै कारण हरेक राष्ट्रिय पत्रिकाले पर्यटनका लागि छुट्टै पेज बनाएको, हरेक टिभीमा एउटा पर्यटन सम्बन्धि कार्यक्रम राखेको, अनलाइनले आर्थिक क्षेत्रको पहिलो मेरुदण्ड पर्यटन बनाएको बताए ।

उनले जेटूजे सम्मेलन, फेसटूफेस कार्यक्रम, पर्यटन पत्रकार गाउँ घोषणाका कार्यक्रम तथा विविध गतिविधिलाई जाट–नेपालले उच्च प्राथमिकतामा राखि कार्यक्रम गर्ने बताए । यस्तै, बन्द सत्रमा नवनिर्वा्चित अध्यक्ष नारायण भन्डारीले जाट नेपालको उचाई बढाउन र पर्यटन प्रबद्र्धनका लागि नयाँ कार्यसमितिले तीव्र रुपमा काम गर्ने बताए । सर्वसम्मत नयाँ नेतृत्व चयन भएको खुशी व्यक्त गर्दै उनले यसबाट आफूहरुले गर्व गर्नु पर्ने र पर्यटकीय विभिन्न छाता संगठनहरुले पाठ सिक्नु पर्ने बताए ।

प्रतिकृया