स्याङ्जामा अन्तर्राष्ट्रिय प्याराग्लाईडिङ प्रतियोगिता हुने

सोमवार, भदौ २६, २०७४ | ०८:१८:०० am मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

स्याङ्जा, भदौं २६ः स्याङ्जामा अन्तर्राष्ट्रिय खुल्ला प्याराग्लाईडिङ प्रतियोगिता हुने भएको छ ।

बाबू एड्भेन्चर क्लव भिरकोटको आयोजनामा आउँदो कार्तिक १५ देखि २० सम्म अन्तर्राष्ट्रिय खुल्ला प्याराग्लाईडिङ प्रतियोगिता हुन लागेको हो । 12_1323249356-660x330

प्रतियोगिताको सहयोगीका रुपमा मुख्य सहयोगीको रुपमा जिल्ला समन्वय र पर्यटन समिति रहेका छन् भने राष्ट्रिय खेलकुद परिषद, नेपाल पर्यटन बार्ड, नेपाल ह्यड्डग्लईडिङ तथा प्याराग्लाईडिङ संघको प्रबर्द्धन को पनि सहयोग रहेको  छ । प्रतियोगितामा ३० देशका ३०० प्याराग्लाइडिङ पाइलटले भाग लिने आयोजकले जनाएकोे छ ।

आायोजकका अनुसार प्रतियोगिताको मुख्य स्थान स्याङ्जाको स्वरेक रहेपनि पुतलीबजारको पेल्काचौर, सतौ हुनिकोटबाट समेत उडान गर्ने सकिने छ ।

प्रतियाोगिता सम्पन्न गर्न करिब ८५ लाख खर्चको अनुमान गरिएको छ । यसै प्रतियोगितामा सन २०१८ ईन्डोनेशियामा हुने एसियाली खेलमा प्याराग्लाईडिङ राष्ट्रिय खेलाडी छनोट गरिने जनाईएको छ ।

प्रतिकृया