नेपाल समूह विजेता भएर सेमिफाइनलमा, सिंगापुर ७ विकेटले पराजित

बिहिबार, भदौ २९, २०७४ | ०६:२५:३० pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं,, भदौं २९ः समूह चरणको अन्तिम खेलमा नेपालले सिंगापुरलाई ७ विकेटले हराएको छ।

मलेसियामा जारी एसीसी यू–१९ एसिया कप छनोट अन्तर्गत समूह चरणमा अपराजित नेपालले आफ्ना सबै खेल फराकिलो अन्तरले जित्ने क्रममा नेपालले बिहिबार बलियो प्रतिश्पर्धी सिंगापुरलाई ७ विकेटले हराउँदै समूह विजेता भएर सेमिफाइनलमा प्रवेश गरेको हो। पवन सरार्फले सर्वाधिक ६ विकेट लिएपछि टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुर ६७ रनमा समेटिएको थियो।

६८ रनको लक्ष्य लिएर मैदानमा आएको नेपाल १३ ओभर ४ बल खेल्दै ३ विकेट गुमाएर जीत हाशिल गर्‍यो। सेमिफाइनलमा स्थान पक्का बनाइसकेको सिंगापुर नेपाली टोलीका लागि सबैभन्दा कठिन प्रतिद्वन्द्वी हो।अघिल्ला दुई खेलमा जित निकाल्दै सेमिफाइनलमा पुगिसकेको नेपाल सिंगापुरलाई पराजित गर्दै समूह बिजेता बन्न चाहन्छ। समूह ए को नेपालले पहिलो खेलमा थाइल्याण्डलाई २५५ रनले पराजित गरेको थियो ।

त्यस्तै दोस्रो खेलमा नेपालले भुटानलाई ९ विकेटले पराजित गरेको थियो । समूहमा सबै तीन खेल जीतेको नेपाल ६ अंक जोड्दै समूह विजेता भएर सेमिफाइनलमा प्रवेश गरेको छ। यता नेपालसँग पराजित सिंगापुर पनि दुई खेलमा विजयी हुँदै सेमिफाइनलमा स्थान पक्का बनाएको छ। सिंगापुरले थाइल्याण्डलाई ९२ रनले र भुटानलाई ९ विकेटले पराजित गरेको थियो। छनोटको समूह बी मा चीन, मलेसिया, हङकङ र म्यानमार छन् । फाइनलमा पुग्ने दुई टोली एसिया कपको लागि छनोट हुनेछन् ।

प्रतिकृया