बुद्ध एयरबाट पोखरा–भरतपुर–भैरहवा हवाई उडान

शुक्रबार, भदौ ३०, २०७४ | ०५:१९:०७ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

पोखरा, भदौं ३०ः बुद्ध एयरले आजदेखि पोखराबाट भरतपुर र भैरहवामा हवाई उडान शुरु गरेको छ ।

उक्त कंपनीले आज बिहान १० बजे पोखराबाट भरतपुरका लागि पहिलो हवाई उडान शुरु गरेको स्टेशन म्यानेजर गौतम बरालले जानकारी दिए । त्यस्तै ११ः२२ बजे अर्को विमान पोखराबाट भैरहवाका लागि उडेको छ ।

उन्नाइस सिट क्षमताको सो बिमान पोखराबाट भरतपुर पुग्न १५ मिनेट र पोखराबाट भैरहवा पुग्न १७ मिनेट लाग्ने म्यानेजर बरालले बताए । पोखराबाट भरतपुर एकतर्फी नेपालीका लागि भाडा रु तीनहजार ६०० र विदेशीका लागि ९२ डलर कायम गरिएको छ ।

त्यस्तै पोखराबाट भैरहवाका लागि नेपालीलाई रु चार हजार २०० र विदेशीका लागि ९७ डलर कायम गरिएको छ ।

प्रतिकृया