यु-१९ एसिया कप क्रिकेटः नेपालले मलेसियालाई १० विकेटले हरायो

शनिबार, भदौ ३१, २०७४ | ०५:५१:५९ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं, भदौ ३१ः नेपाल एसिया कप क्रिकेट (पूर्वी क्षेत्र) छनौट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

मलेसियासँग शनिबार भएको सेमिफाइनलमा १० विकेटको शानदार जित निकाल्दै नेपाल फाइनलमा प्रवेश गरेको हो । घरेलु टोली मलेसियाले प्रस्तुत गरेको एक सय २२ रनको लक्ष्य नेपालले २३ ओभर एक बलमा बिना विकेटको क्षतिमा भेट्टाएको हो ।

ओपनरहरु सन्दिप सुनार र आशिफ शेखले अर्धशतक बनाउँदै नेपाललाई सहज जित दिलाए । उनीहरुको उत्कृष्ट प्रदर्शनमा नेपालले २३ ओभर १ बलमा १ सय २५ रन बनाउन कुनै विकेट गुमाउनु परेन । सन्दिपले ७७ बलमा ८ चौका हाने भने आशिफले ६५ बलमा ८ चौका र एक छक्का सहित अर्ध शतक पूरा गरे ।

नेपालले फाइनलमा हङ्गकङ्गसँग आइतबार खेल्नेछ । यसअघि टस जितेपछि पहिले घरेलु टोलीलाई ब्याटिङका लागि बोलाएको नेपालले ४२ ओभरमा मलेसियालाई एक सय २० रनमा आउट गरेको हो ।

प्रतिकृया