हङकङलाई हराउँदै नेपाल च्याम्पियन

आइतवार, अशोज १, २०७४ | ०६:०९:०० pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं, असोज १ः नेपाल एसिसी यू–१९ पूर्वी क्षेत्रीय प्रतियोगिताको च्याम्पियन बनेको छ। हङकङलाई ५ विकेटले हराउँदै नेपाल च्याम्पियन बनेको हो ।

मलेसियाको किन्नारा ओभलमा टस जितेको नेपालले हङकङलाई ब्याटिङको निम्तो दिएको थियो । निर्धारित ५० ओभरको खेलमा हङकङले ३२.१ ओभरमा सबै विकेट गुमाउँदै ७६ रन मात्र बनाउन सक्यो। हङकङको ७७ रनको लक्ष्य पछ्याएको नेपालले १४.४ ओभरमा ५ विकेट गुमाएर लक्ष्य भेट्टायो ।

नेपालका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले सर्वाधिक २२ रन बनाए। यस्तै प्रनित थापा मगरले अन्तिममा लगातार २ छक्कासहित १९ रनमा अभिजित रहे । सन्दिप सुनारले समान १९ रन बनाए। अनिलकुमार साह १६ रनमा आउट भए । मलेसियालाई १० विकेटले हराएर नेपाल फाइनलमा पुगेको थियो ।

एसिसीको यू–१९ प्रतियोगितामा नेपाल सातौं पटक फाइनलमा पुगेको हो। यसअघि नेपालले ६ पटक फाइनलमा प्रतिस्पर्धा गरेको छ । ६ मध्ये नेपालले चार पटक उपाधि जितेको थियो भने २ पटक उपविजेतामै सीमित बनेको थियो। यो जीतसँगै नेपालको एसिसी यु १९मा पाँचौ जीत हो ।

प्रतिकृया