निजी फामेर्सी हटाउन टिचिङले सर्वोच्चको आदेश मानेन

सोमवार, अशोज २, २०७४ | ०९:०७:४५ am मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडों, असोज २ः महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल टिचिङले सर्वोच्च अदालतको आदेशविपरीत अस्पतालको हाताभित्र निजी फामेर्सी हटाउन अटेरी गरेको छ ।

सर्वोच्चले अस्पताल परिसरभित्रका निजी फार्मेसी हटाउन आदेश दिएको २ वर्ष वित्दा पनि टिचिङले अझै हटाएको छैन । आजको कान्तिपुर दैनिकमा खबर छ । सरकारले सबै सरकारी अस्पतालमा आफ्नै फार्मेसी खोल्ने निर्णय गरी अघिल्ले वर्ष नै आवश्यक रकमसमेत निकासा गरिसकेको थियो ।

सर्वोच्चको आदेशअनुसार सरकारी अस्पतालभित्र निजी फार्मेसी सञ्चालनमा रोक लगाईएको छ। निजि फार्मेसी सञ्चालन नियन्त्रण गर्न सरकारले अस्पताल फार्मेसी सेवा निर्देशिका २०७२ जारी गरेको छ । टिचिङले भने उक्त निर्दशिकाविपरित अस्पताल परिसरभित्र निजी फार्मेसी चलाईरहेको छ।

यहाँ चार निजी फार्मेसी सञ्चालनमा छन् । केहीले त नामसमेत नराखी चलाइरहेका छन् । परिसर भित्र अस्पतालका आफ्नै दुई फार्मेसी पनि छन् । अस्पतालको फार्मेसीमा भने औषधि सँधै अभाव हुने विरामीको गुनासो छ ।

प्रतिकृया