मोरङको कानेपोखरीमा आगलागी, एकै परिवारका ४ को मृत्यु

बिहिबार, अशोज ५, २०७४ | ०८:४७:१५ am मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

मोरङ, असोज ५ः मोरङको कानेपोखरी गाउँपालिका ३, हरकपुरको एक घरमा गएराति आगो लागेपछि सुतिरहेका घरका चार जनाको ज्यान गएको छ ।

किराना पसल भएको घरमा लागेको आगोले जलेर आगलागीबाट घरभित्र सुतेका चन्द्रबहादुर, उनकी ८६ वर्षीया आमा गंगामाया राई, उनकी श्रीमती ४६ वर्षीया पार्वता राई र बहिनी ४४ वर्षीया विष्णुमाया राईको मृत्यु भएको हो ।

आगलागीको कारण हालसम्म थाहा नभएको प्रहरीले जनाएको छ।

इटहरी र दमकबाट गएको दमकलले आगो नियन्त्रणमा लिएको थियो । प्रहरीको प्रारम्भिक अनुमान अनुसार करिब १ करोडको क्षती भएको छ ।

देशभर दशैंको रौनक शुरु भएकै दिन उक्त परिवारमा भने विपत आइलागेको छ ।

प्रतिकृया