गुडिरहेको कार र ट्रक पुर्दा ३ को मृत्यु

शनिबार, अशोज ७, २०७४ | ०२:१०:४२ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

पाल्पा, असोज ७ः पाल्पाको सिद्धबाबामा पहिरो खस्दा गुडिरहेको कार र ट्रक पुरिएको छ । पहिरोले पुरिँदा तीनजनाको मृत्यु भएको छ भने दुइजना घाइते भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा गुल्मी वामी टक्सारका यमबहादुर ज्ञवाली र रूरू ५ का तिलकराम भण्डारीरहेका छन् भने एकजनाको सनाखत हुन बांकी छ। आज बिहान करिब ९ः३० बजेको समयमा गुडिरहेको गाडीमाथि एक्कासि पहिरो खस्दा दुर्घटना भएको हो ।

पाल्पाबाट बुटवल जाँदै गरेको ना३ख ६१९१ नंको ट्रक र लु१च ७९९४ नंको कार पहिरोमा पुरिएको छ । अहिले प्रहरीले उद्धार कार्य गरिरहेको छ । पहिरोपछि सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडकखण्डको यातायात सञ्चालन हुन सकेको छैन ।

सडक अवरुद्ध बनेपछि पाल्पा, गुल्मी, स्याङ्जा, पोखरा, बागलुङ, पर्वत लगायतका सवारीसाधन बुटवल जान सकेका छैनन् ।

प्रतिकृया