वडादशैंको दिन उपत्यकामा सेनाको निःशुल्क बस सेवा (रुटसहित)

मङ्लबार, अशोज १०, २०७४ | ०९:५१:५१ am मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं, असोेज १०ः १४ असोजमा विजयादशमीका दिन सेनाले काठमाडौं उपत्यकामा गैरसैनिक प्रयोजनका लागि निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ ।

टीकाका दिन उपत्यकामा सार्वजनिक सवारी साधन कम सञ्चालन हुने भएकाले सेनाले सर्वसाधारणका लागि बस चलाउने भएको हो । सेनाको जनसम्पर्क निर्देशनालयका अनुसार उपत्यकाका आठ वटा रुटमा यातायात सुविधा उपलब्ध गराइन लागेको हो । बिहान साढे ६ र ११ तथा अपरान्ह चार बजे भद्रकालीबाट सेनाका बस निःशुल्क सञ्चालन हुनेछन् ।

रुट
रुट नं १ – भद्रकाली, माइतीघर, बानेश्वर, कोटेश्वर, एकान्तकुना, बल्खु, कीर्तिपुर, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, रत्नपार्क ।

रुट नं २ -भद्रकाली, जमल, लैनचौर, नारायणगोपाल चोक, बुढानीलकण्ठ, बालाजु चोक, सोह्रखुट्टे, कान्तिपथ, माइतीघर ।

रुट नं ३ – भद्रकाली, माइतीघर, त्रिपुरेश्वर, कालिमाटी, कलंकी, थानकोट, स्वयम्भु, छाउनी, ताहाचल, टेकु, थापाथली ।

रुट नं ४ – भद्रकाली, माइतीघर, बानेश्वर, तीनकुने, गौशाला, चाबहिल, जोरपाटी, नारायणगोपाल चोक, लाजिम्पाट, कान्तिपथ, भद्रकाली ।

रुट नं ५ – भद्रकाली, थापाथली, कुपण्डोल, जावलाखेल, सातदोबाटो, चापागाउँ, सातदोबाटो, तीनकुने, बानेश्वर, शहीदगेट ।

रुट नं ६ – भद्रकाली, दरबारमार्ग, कमलपोखरी, गौशाला, चाबहिल, बौद्ध, साँखु, चाबहिल, गौशाला, तीनकुने, भद्रकाली ।

रुट नं ७ – भद्रकाली, माइतीघर, नयाँ बानेश्वर, पुरानो बानेश्वर, गौशाला, सिनामंगल, कोटेश्वर, सूर्यविनायक, ठिमी, कोटेश्वर, माइतीघर, भद्रकाली ।

रुट नं ८ -भद्रकाली, माइतीघर, कोटेश्वर, सातदोबाटो, कलंकी, बालाजु, चाबहिल, गौशाला, तीनकुने, भद्रकाली ।

यसैबीच दशैंको विदामा घर जाने सैनिक र उनीहरुका आश्रित परिवारका लागि पनि सेनाले बस सेवा सञ्चालन गरिरहेको छ ।

५ असोजबाट सुरु भएको त्यस्तो सेवा १२ गतेसम्म चल्ने छ ।

प्रतिकृया