त्रिभुवन विमानस्थलमा शान्ति सेना लिन आएको विमानमा धुवाको मुस्लो

बुधबार, अशोज १८, २०७४ | ०१:१७:२५ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

bimanकाठमाडौं, असोज १८ : नेपालबाट शान्ति सेनामा जाने नेपाली सेना लिन आएको इथियोपियन एयर ९संयुक्त राष्ट्र संघ० जहाजमा एक्कासी धुँवा निस्केको छ । पार्किङ क्षेत्रमा रहेको बोइङ ७६७-३०० (ईआर) विमान चार्टड गरेर काठमाडौं ल्याइएको थियो ।

बुधबार बिहान १० बजेतिर त्रिभुवन विमानस्थलमा रोकिराखेकोे इथियोपियन जहाजबाट अकस्मात धुवाँ निस्केको देखिएको थियो । विमानभित्र आगो लागेर धँुवा निस्कएको अनुमान गरिएको छ । तर, त्यसको पुष्टी भएको छैन ।
अहिले विमानबाट धुँवा निस्कन रोकिएको त्रिभुवन विमानस्थल कार्यालयका प्रमुख देवानन्द उपाध्यायले जानकारी दिए । ‘रोकिएको जहाजबाट एक्कासी धुँवा निस्कियो, अहिले नियन्त्रणमा ल्याइसकेका छौं, के कसरी धुवा निस्कियो भनेर अनुसन्धान गर्दैछौं,’ उनले भने ।

यसका लागि विमानस्थलमा रहेका अग्नी प्रतिरोधक संयन्त्रको प्रयोग गर्नु नपरेको उनले बताए । विमामनस्थलका अनुसार इथोपिय एयरको अन्तरिक अग्निप्रतिरोध प्रणालीबाटै धुावा नियन्त्रणमा आएको हो ।

विमानमा यात्रु नभएका कारण अन्य मानवीय क्षती भने हुन पाएको छैन । अहिले धुँवा कसरी निस्कियो भनेर इथियोपियन एयरलाइन्सका जहाजका इन्जिनियरहरुले अध्ययन गरिरहेका छन् ।

प्रमुख उपाध्यायले भने,’त्यसको रिपोर्ट हामीलाई आएपछि आगो लागेकोरनलागेको भन्ने पुष्टी हुन्छ ।’

प्रतिकृया