‘छक्का पञ्जा २’ ले गर्यो रेकर्ड ब्रेकर, कति कमायो २ सातामा ?

आइतवार, अशोज २२, २०७४ | ०५:५९:२६ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं, असोज २२ः असोज ११ गते फूलपातीको दिनदेखि प्रदर्शनमा आएको ‘छक्का पञ्जा २’ ले प्रदर्शन भएको दिन देखि नै दमदार व्यापार गरिरहेको छ ।

यो सिनेमा दोस्रो सातामा पनि हाउसफूल छ । प्रदर्शनमा आएको ११ दिनमा सिनेमाले १० करोड रुपैयाँभन्दा माथिको कारोबार गरिसकेको छ । गत वर्षको रेकर्ड ब्रेकर सिनेमा ’छक्का पञ्जा‘को सिक्वेल ‘छक्का पञ्जा २’ ले छोटो समयमै नेपाली सिनेमाको इतिहासमा रचिएका प्रायः रेकर्ड तोडिसकेको छ । m9JkTH_1505229700

एक हप्तासम्म दिनहुँ करोडको कारोबार गर्ने पहिलो नेपाली सिनेमाको रेकर्ड ‘छक्का पञ्जा–२’ को नाममा छ । देशभरका सयभन्दा धेरै हलहरुबाट एकसाथ प्रदर्शनमा आएको ‘छक्का पञ्जा २’ले क्युएफएक्समा सबैभन्दा बढी २६ शो पाउने सिनेमाको रेकर्ड पनि आफ्नो नाम गरिसकेको छ ।

गत वर्ष सय दिन मनाएको ‘छक्का पञ्जा’ले सय दिन सम्म १७ करोडको कारोबार गरेको थियो । तर ‘छक्का पञ्जा २’ ले भने रिलिज भएको ११ दिनमै झण्डै १० करोड रुपैयाँभन्दा माथिको कारोबार गरिसकेको छ । सिनेमाको कारोबर अझै केही दिन यही गतीमा अघि बढ्ने पक्का छ ।

दीपाश्री निरौलाको निर्देशनमा बनेको ‘छक्का पञ्जा २’ मा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, प्रियंका कार्की, वर्षा राउत, स्वस्तीमा खड्का, स्वरुप पुरुष ढकाल लगायतका कलाकारहरुको मुख्य चलचित्रमा देख्न पाइन्छ ।

प्रतिकृया