निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनमाथी गोली प्रहार

सोमवार, अशोज २३, २०७४ | ०४:१५:३० pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौ, असोज २३ः काठमाडौंको नयाँ बानेश्वरको खरीबोट नजिक गोली चलेको छ ।

अज्ञात समूहले चलाएको गोली लागेर निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

उनको मिनभवनस्थित सिभिल अस्पतालमा उपचार भैरहेको छ ।

गौचनको टाउको, बायाँ कोखा र छातीमा गरी तीन गोली लागेको छ । यस बिषयमा थप विवरण भने आउन बाँकी छ ।

प्रतिकृया