गोली प्रहारबाट घाईते भएका अध्यक्ष गौचनको निधन

सोमवार, अशोज २३, २०७४ | ०४:४८:०६ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौ, असोज २३ः अज्ञात समूहले चलाएको गोली लागेर घाईते भएका निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको निधन भएको छ ।

गौचनलाई बायाँ कोखा र छातीमा गरी दुई गोली लागेको थियो । गोली लागि गम्भीर घाइते भएका गौचनलाई उपचारका लागि सिभिल अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गएको निर्माण व्यवसायी संघले जनाएको छ ।

गौचन बा १३ च ४९४८ नम्बरको ल्याण्डक्रुजर गाडीमा सवार थिए । गाडीका चालक रामकुमार खत्रीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।

प्रतिकृया