एनआरएन अध्यक्षमा जमुना घलेद्वारा उम्मेदवारी घोषणा

बिहिबार, अशोज २६, २०७४ | ०४:४९:१४ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं, असोज २६ः गैरआवासिय नेपाली संघ (एनआरएन) को नयाँ कार्यकालको लागि जमुना (गुरुङ) घलेले उम्मेदवारी घोषणा गरेकी छिन् ।

बिहिबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी अष्ट्रेलिया निवासी घलेले उम्मेदवारी घोषणा गरेकी हुन् । एनआरएन नेपालीको माग र अपेक्षालाई पूरा गर्न, महिला शक्तिकरण र सहभागितालाई स्थापित गर्न, सामूहिक नेतृत्वको अवधारणा अन्तर्गत चुस्त र सक्षम नेतृत्व प्रदान गर्न, एनआरएनलाई पारदर्शी आर्थिक रुपमा बनाउन, एनआरएनको परियोजनालाई समयमा सम्पन्न गर्नलगायतका एजेण्डा लिएर आफूले अध्यक्षमा उम्मेदवारी घोषणा गरेको घलेले बताइन् ।

उनी वर्तमान अध्यक्ष शेष घलेकी श्रीमती हुन् । यसअघि नै एनआरएन अध्यक्षको लागि भवन भट्ट र डिबी कार्कीले समेत अध्यक्षमा दाबेदारी प्रस्तुत गरेका छन् ।

प्रतिकृया