काठमाडौंमा कांग्रेसको चुनावी अभियान सुरु

बिहिबार, अशोज २६, २०७४ | ०४:५०:४० pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं, असोज २६ः नेपाली काँग्रेसले काठमाडौंमा आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन अभियान सुरु गरेको छ ।

पार्टीका नेता एवम् पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले विहिबार काठमाडौंमा अगुवा कार्यकर्ता भेला गरी प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन अभियानको शुभारम्भ गरेका हुन् । भेलालाई सम्बोधन गर्दै उनले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा काठमाडौंमा बहुमत ल्याउने गरी प्रचार अभियानमा एकतवद्ध भएर जुटन पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरे । नेता सिंहले सबैले उम्मेदवार पाउने अवस्था नभएपनि पार्टीलाई जिताउन भने सबै एकजुट हुनुपर्नेमा पनि जोड दिए ।

काँग्रेस केन्द्रिय सदस्य गगन थापाले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको प्रचार अभियानमा शानका साथ जुटन पार्टीका नेता कार्यकर्तालाई आह्वान गरे । केन्द्रिय सदस्य थापाले पार्टी भित्रको कमजोरीका कारण स्थानीय तहको निर्वाचनमा काठमाडौंमा हार व्यहोर्नु परेको दावी समेत गरे ।

काठमाडौंमा प्रत्यक्षतर्फ १० वटा निर्वाचन क्षेत्र छन् ।

प्रतिकृया