तोकिएकै मितिमा निर्वाचन सम्पन्न हुनेमा आशंका नगरौं : प्रधानमन्त्री

बिहिबार, अशोज २६, २०७४ | ०५:५६:४३ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौँ, असोज २६ः प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको मिति नसर्ने प्रष्ट पारेका छन् ।

काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले प्रमुख तीन दल नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त बैठक आयोजना गरी प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुनेमा आशंका नगर्न आग्रह गरे । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा विहिबार अपरान्ह बसेको बैठकमा प्रधानमन्त्री देउवाले निर्वाचन आचारसंहिताको पूर्ण पालना गराउन सरकार प्रतिबद्ध रहेको पनि बताएका हुन् ।

बैठकपछि निर्वाचनको मिति नसार्ने प्रतिबद्धता प्रधानमन्त्री देउवाले जनाएको एमाले वरिष्ठ नेता माधवकुमार नेपालले जानकारी दिए । बैठकले राष्ट्रिय सभा निर्वाचन विधेयकमा सहमति जुटाउने जिम्मेवारी प्रमुख तीन दलका शीर्ष नेतृत्वलाई दिएको छ । राष्ट्रिय सभाको निर्वाचन एकल संक्रमणको आधारमा तय गर्नुपर्ने सरकारको प्रस्तावमा प्रमुख प्रतिपक्ष एमालेको असहमति छ ।

आगामी माघ ७ गते भित्र सबै तहको निर्वाचन सम्पन्न गरिसक्नु पर्ने संवैधानिक बाध्यता छ । सरकारले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि आवश्यक कानुन निर्माण गरेपनि राष्ट्रिय सभा निर्वाचनसम्बन्धि कानुन बनाउने विषयमा भने दलीय सहमति जुटाउन सकेको छैन ।

प्रतिकृया