राप्रपा र राप्रपा प्रजातान्त्रिकबीच एकता हुने संकेत

‘माओवादीले नैतिकताका आधाारमा सरकार छाड्नुपर्छ’

बिहिबार, अशोज २६, २०७४ | ०६:०४:०५ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

भक्तपुर, असोज २६ः राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर राणाले नेकपा माओवादी केन्द्र ले नैतिकताको आधारमा सरकार छाड्नुपर्ने बताएका छन् ।

बिहीबार रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा अध्यक्ष राणाले माओवादीको सरकारमा पनि सामेल हुने र प्रतिपक्षसँग गठबन्धन गरी सरकारमै बसिराख्ने काम राजनीतिक बेइमानी हो भने ।

अध्यक्ष राणाले प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव नजिकिँदै गर्दा उपत्यकाभित्रै भएको निर्माण व्यवसायी महासङ्घका अध्यक्षको हत्याले सुरक्षा अवस्था कमजोर रहेको तथ्य प्रस्ट्याएको बताए ।

उनले राप्रपा र राप्रपा प्रजातान्त्रिकबीच अबको दुई–चार दिनमै पार्टी एकता हुने विश्वास पनि व्यक्त गरे । दुई महिना अघि मात्र २ पार्टी फुटेका थिए ।

प्रतिकृया