विवादास्पद व्यक्ति धमाधम उम्मेदवार सिफारिस

शुक्रबार, अशोज २७, २०७४ | ०८:५१:४६ am मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं, असोज २७ः नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्रलगायत दलका तल्ला समितिहरुले जसरी पनि निर्वाचन जित्ने नाममा गैरराजनीतिक तथा आपराधिक र विवादास्पद छवि भएका व्यक्तिहरुलाई प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बनाउन सिफारिस गरेका छन् ।

निर्वाचन कार्यतालिकाअनुसार समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत राजनीतिक दलहरुले उम्मेदवारको बन्दसूची असोज २९ गते निर्वाचन आयोगलाई बुझाउनुपर्छ । दलका तल्ला समितिहरुले उम्मेदवार बनाउन केन्द्रमा सिफारिस गरेका केही नाम गुन्डागर्दी, अपहरण र हत्या अभियोग लागेका छन् ।

दलहरुले चुनाव जित्न रानजीतिक पृष्ठभूमिभन्दा खर्च गर्न सक्ने विवादास्पद छविका व्यक्तिहरुलाई उम्मेदवार सिफारिसमा प्राथमिकता दिन थालेपछि राजनीति थप बिटुलो बन्ने भन्दै चिन्ता व्यक्त गर्न थालिएको छ ।

निर्वाचनसम्बन्धी काननुको सामान्य ख्याल नगरी विवादास्पद छवि भएका पैसावाललाई प्राथमिकता दिएर उम्मेदवार बनाउन सिफारिस गरिएका नाम धमाधम पार्टी केन्द्रीय कार्यालयमा आउन थालेका छन् । आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिकृया