नौबिसे नागढुंगामा हैरानी: एक घण्टाको बाटो पार गर्न आठ घन्टा

शुक्रबार, अशोज २७, २०७४ | ०९:०६:३० am मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं, असोज २७ः बिहान सात बजे धादिङबेसीबाट गाडी चढेका दिनेश सापकोटा बेलुका ५ बजे काठमाडौं भित्रिए । दिउँसै काम सकेर साँझ धादिङबेसी नै पुग्ने योजनासहित हिँडेका सापकोटा साँझ मात्रै काठमाडौं आइपुगे ।

९ बजेतिर धार्केबाट जाम सुरु भयो, काठमाडौं आइपुग्दा ५ बज्योु, सापकोटाले भने, अरुबेला धादिङबाट काठमाडौं बढीमा तीन घण्टमा आइन्थ्यो आज १० घन्टा लाग्यो । सामान्य अवस्थामा एक घण्टामा पार गर्न सकिने नौबिसे नागढुंगा पार गर्न केही दिनदेखि आठ घण्टासम्म लाग्ने गरेको छ ।naubise-nakdhunga_1t38KbY7av

त्रिभुवन राजपथमा पर्ने नौबिसे नागढुंगा क्षेत्रमा दैनिक सवारी जामले यात्रुलाई आजित पारेको छ । साँघुरा सडक, उकालो बाटो, घुमाउरो मोडमा सवारी बिग्रेर जाम हुने गरेको छ । अकस्मात पर्ने जामले यात्रु समस्यामा पर्ने गरेका छन् । आजको नागरिकमा खबर छ ।

धादिङबेसी काठमाडौं सरदर तीन घण्टाको यात्रा हो । जामले गर्दा १० घण्टासम्म लाग्ने गरेको सवारी चालकहरु बताउँछन् । खासगरी त्रिभुवन राजपथमा पर्ने पीपलमोड, झ्याप्लेखोला, टायलघरलगायतका मोडमा बढी जाम हुने गरेको छ ।

घुम्ती र साँघुरो बाटोमा चाडपर्वको आसपासमा सवारी चाप बढी हुने भएकाले पनि जाम हुने गरेको ट्राफिक प्रहरी कार्यालय खानीखोलाका सई जयराम पुडासैनीले बताए ।

प्रतिकृया