फिफा वरियताः जर्मनी पहिलो, ब्राजिल दोस्रो, नेपाल एक स्थान तल

सोमवार, अशोज ३०, २०७४ | ०५:५१:४५ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं, असोज ३०ः फिफा वरियतामा नेपाल एक स्थान तल झरेको छ ।

विश्व फुटबल महासंघ फिफाले सोमबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल एक स्थान तल झरेर १ सय ७६ औँ स्थानमा पुगेको हो । यसअघि नेपाल १ सय ७५ औँ स्थानमा थियो ।

दक्षिण एसियामा भारत १०५ औँ स्थानमा छ । त्यसैगरी अफगानिस्तान १ सय ५४ औँ स्थानमा, माल्दिभ्स १ सय ५६ औँ, भुटान १ सय ९० औँ र बङ्गलादेश १ सय ९६ औँ स्थानमा छ ।

यस्तै श्रीलंका १ सय ९८ औँ र पाकस्तिान २ सय १ औँ स्थानमा छन् । विश्व वरियतामा जर्मनी शीर्ष स्थानमा छ । ब्राजिल दोश्रो र पोर्चुगल तेस्रो स्थानमा छन् ।

प्रतिकृया