रोनाल्डो बने दोस्रोपटक फिफा बेष्ट प्लेयर

मङ्लबार, कार्तिक ७, २०७४ | ०९:२०:२९ am मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं, कात्तिक ७ः विश्व फुटबल महासंघ फिफाले प्रदान गर्ने प्रतिष्ठित फिफा वेष्ट प्लेयर–२०१७ अवार्डमा पुरुषतर्फ रियल मड्रिडका पोर्चुगिज स्ट्राइकर क्रिष्टियानो रोनाल्डो बिजेता बनेका छन् ।

लण्डनमा आयोजित अवार्डमा रोनाल्डोले बार्सिलोनाका अर्जेन्टाइन फरवार्ड लियोनल मेस्सी र पेरिस सेन्ट जर्मेइनका ब्राजिलियन फरवार्ड नेइमारलाई पछि पार्दै बिजेता बन्न सफल भए । ३२ वर्षीय रोनाल्डोले गत सिजन रियल मड्रिडलाई च्याम्पियन्स लिग र ला लिगाको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए । Ronaldo-Fifa-best-male-player

च्याम्पियन्स लिग फाइनलमा रियलले युभेन्टसलाई चार एक गोलले हराएको थियो भने रेनाल्डोले २९ लिग खेलमा २५ गोल गरेपछि रियलले पाँच पर्षपछि पहिलो पटक ला लिगाको उपाधि जितेको थियो ।

उनले उत्कृष्ट खेलाडीका लागि ४३.१६ प्रतिशत मत पाएका थिए । जवकि मेस्सीले १९.२५ र नेइमारले ६.९७ प्रतिशत मत पाएका थिए । बार्सिलोनाका लुइस स्वारेजले मेस्सीका लागि भोट गरेका थिए भने रोनाल्डोका लागि रियलका टिममेट लुका मोड्रिकले भोट गरेका थिए ।

प्रतिकृया