निर्देशक नबिनबाबु गुरुङद्धारा निर्देशित म्युजिक भिडियो सार्बजनिक

शनिबार, कार्तिक १८, २०७४ | ०८:४४:४० pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं, कात्तिक १८ः फोटो पत्रकार तथा निर्देशक नबिनबाबु गुरुङ द्वारा निर्देशित लोक राईको शब्द र राजेश पायल राइको स्वरमा रहेको गीत “के देखेथे एकै नजर”को म्युजिक भिडियो शुक्रबार देखि सार्वजनिक भएको छ।99

सागर थापा र सब्बु गुरुङको अभिनय रहेको उक्त म्युजिक भिडियोलाई सतिस श्रेष्टले सम्पादन गरेका हुन्। म्युजिक भिडियोलाई जिनियस डिजिटलले बजार ब्यबस्थापन गरेको छ।

फोटो पत्रकारिता संगै म्युजिक भिडियो निर्देशन र छायांकनमा ब्यस्त बनेका नबिनले यस म्युजिक भिडियोमा मेगा स्टार राजेश पायल राइको स्वर अनि उत्तिकै मिठो दिनेश सुब्बाको संगीत रहेको बताए।

कुमार थापाको संगीत संयोजन रहेको यस म्युजिक भिडियोमा सगर थापा र सब्बु गुरुङको बेजोड अभिनय देख्न सकिन्छ। सागर थापा नाटक बाट आएका कलाकार हुन् भने सब्बु गुरुङ नाटकमै प्रशिक्षणरत कलाकार हुन्।

गीतकार लोक राई लामो समय देखि गीत लेख्नमा ब्यस्त रहँदै आएका छन््उनको सयौं गीतहरु बजारमा आएका छन्।

प्रतिकृया