‘कान्छी’को ‘चरी चट्ट परी’ लाई उत्साहजनक ‘भ्युअर’

आइतवार, कार्तिक १९, २०७४ | ०९:२३:०२ am मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं, कात्तिक १९ः आगामी माघ २६ गतेबाट रिलिज हुने चलचित्र ‘कान्छी’ को ‘चरी चट्ट परी भुरुरु’ बोलको गीतले हालसम्म ७ लाख धेरै भ्युअर पाएको छ ।

उक्त गीत युटुबमा रिलिज गरेको २ दिनमै ७ लाख ३४ हजार भ्युअर पाएको हो । ‘चरी चट्ट परि’बोलको सार्वजनिक गीतमा स्वेता र अभिनेता दयाहाङ राईले कम्बर मर्काएका छन् । kanchhai

ललितपुरको श्रीकाली चौरमा सेट डिजाइन सहित खिचिएको बताइएको यो गीत छायाँकनका लागि तीन दिन लागेको निर्माण युनिटले कार्यक्रममा जानकारी दियो ।

लोक शैलीको गीतम शब्द, स्वर र संगीत राजनराज शिवाकोटीको छ, भने उनलाई अञ्जु पन्तले पनि साथ दिएकी छन् ।

आकाश अधिकारीले निर्देशन गरेको यस चलचित्रमा स्वेता खड्का, दयाहाङ राई, भूमिका श्रेष्ठ, निर शाह, अनु शाह, प्रज्वल सुजल गिरी लगायतका कलाकारको मुख्य भूमिका छ ।

प्रतिकृया