हेलिकप्टर दुर्घटनामा साउदी राजकुमारको निधन

सोमवार, कार्तिक २०, २०७४ | ०८:०७:२९ am मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं, कात्तिक २०ः साउदी अरेबियाका एक राजकुमारको हेलिकप्टर दुर्घटनामा निधन भएको छ ।

राकुमार मन्सुर बिन मुक्रिन चढेको हेलिकप्टर यमनको सीमा नजिक दुर्घटना हुँदा उहाँको निधन भएको साउदी अरेबियाको राष्ट्रिय टेलिभिजनले जनाएको छ । असिर प्रान्तका उप राज्यपाल राजकुमार मन्सुर अरु सरकारी अधिकारीसहित हेलिकप्टर भ्रमणमा थिए । दुर्घटनाको कारण नखुलेको बिबिसीले जनाएको छ ।

युवराज मोहम्मद बिन सलमानको नेतृत्वमा रहेको भ्रष्टाचार विरुद्धको नयाँ कमिटिले ११ राजकुमार तथा चार बहालवाल मन्त्रीसहित धेरैलाई पक्राउ गरेको केही दिनमै राजकुमार मन्सुरको हेलिकप्टर दुर्घटना भएको हो । दुर्घटनामा निधन भएका राजकुमार मन्सुर पूर्व युवराज मुक्रिन बिन अब्दुल अजिजका छोरा हुन् ।

सन् २०१५ मा बिन अब्दुल अजिजका सौतेनी भाइ सलमानले राजाको जिम्मेवारी सम्हालेपछि उहाँलाई युवराजबाट हटाएर आफ्ना छोरालाई युवराज बनाएका थिए ।

प्रतिकृया