यु १९ एसिया कपः भारतविरुद्ध नेपालको ऐतिहासिक जित

आइतवार, कार्तिक २६, २०७४ | ०३:१३:३९ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं, कात्तिक २६ः उन्नाइस वर्षमुनिको एसिया कप क्रिकेट अन्तर्गत नेपालले भारतलाई हराएको छ ।१८६ रनको लक्ष्य पच्छ्याएको भारत ४८ ओभर १ बलमा १६६ रन बनाउँदै सबै विकेट गुमाएर अल आउट भयो ।

मलेसियामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले भारतलाई १९ रनले हराएको हो । मलेसियामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा एक सय ८५ रन बनाएको हो ।

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले एक सय १ बलमा ६ चौका र दुई छक्काको मद्दतमा ८८ रन बनाए । नेपालका लागि सर्वाधिक दीपेन्द्र ऐरीले ४ विकेट, पवन सर्राफले २, सहाव आलम २, कमलसिंह ऐरी, सन्दिप लामिछानेले १/१ विकेट लिए ।

नेपाल समूह ‘ए’ मा रहेको छ । नेपाल शनिबार भएको पहिलो खेलमा बंगलादेशसँग दुई विकेटले पराजित भएको थियो । भारतविरुद्ध नेपालको यो ऐतिहासिक जित हो ।

प्रतिकृया