मकवानपुरमा अन्धाधुन्ध खुकुरी प्रहार, तीन जनाको मृत्यु

मङ्लबार, कार्तिक २८, २०७४ | ०९:२७:४४ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौँ । मकवानपुरको मनहरीमा एक व्यक्तिले अन्धाधुन्ध खुकुरी प्रहार गर्दा तीन जनाको मृत्यु भएको छ ।

मत्यु हुनेमा ५२ वर्षीय सीताराम धिताल, १३ वर्षीय सुदीप धिताल र ६० वर्षीय जीतबहादुर ब्लोन रहेका छन् । मंगलबार साँझ करिब ६ बजे यो घटना भएको इलाका प्रहारी कार्यालय मनहरीले जनाएको छ ।

खुकुरी प्रहार गर्ने करिब ३०–३५ वर्षीय सुमन बराइलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनले के कारणले खुकुरी प्रहार गरेका हुन् भन्ने अझै खुल्न सकेको छैन ।

प्रतिकृया