वैदेशिक रोजगार विभागका महानिर्देशक पाण्डे पक्राउ

बुधबार, कार्तिक २९, २०७४ | ०४:५७:०१ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं, कात्तिक २९ः घुस लिएको आरोपमा वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डे पक्राउ परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीलाई पाण्डेलाई बुधबार पक्राउ गरेको हो ।

विशेष सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभागका शाखा अधिकृत कृतिवल्लभ पौडेललाई दश लाख रुपैयाँ घुससहित पक्राउ गरेको थियो।

पौडेलसँगै विभागकै नायव सुब्बा खड्गबहादुर केसी पनि पक्राउ परेका थिए। उनीहरूकै बयानका आधारमा महानिर्देशक पाण्डे पक्राउ परेका हुन्। उक्त घुष काण्डमा पाण्डेको पनि मिलेमतो देखिएपछि पक्राउ गरिएको अख्तियारले जनाएको छ।

वैदेशिक रोजगार न्यायाधीकरणमा विचाराधीन मुद्दा मिलाइदिने भन्दै उक्त रकम लिएको आरोपमा हिजो राति ८ बजे नयाँ बानेश्वरस्थित इन्द्रेणी फुडल्याण्डबाट पौडल र केसी पक्राउ परेका थिए। पाण्डेले नै उनीहरूलाई परिचालन गरेको खुलेपछि उनलाई पक्राउ गरिएको हो।

प्रतिकृया