जनवादी गायक तथा पूर्वसासंद खुसीराम पाख्रिनको निधन

मङ्लबार, मंसिर ५, २०७४ | ०९:१३:४२ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं, मंसिर ५ः पूर्वसांसद तथा जनवादी गायक खुसीराम पाख्रिनको निधन भएको छ ।

पाख्रिनको हृदयघातका कारण निधन भएको नारायणी सामुदायिक अस्पतालले जानकारी दिएको छ। अस्पतालको अनुसार अस्पताल ल्याउँदै उनी अर्धचेत अवस्थामा थिए।

प्रेसर र सुगरका समेत बिरामी रहेकाले उनलाई बचाउन नसकिएको हो। उनी चितवनको भरतपुरमा वाम गठबन्धनले गरेको चुनावी सभामा सहभागी भएका थिए।

सो क्रममा अकस्मात असहज भएपछि उनलाई नारायणी सामुदायिक अस्पतालमा लगिएको थियो ।

प्रतिकृया