ओलीको भोट माग्ने नाराः अब नेपालमा कहिल्यै पनि नाकाबन्दी हुन्न !

मङ्लबार, मंसिर ५, २०७४ | ०९:२१:२४ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

चितवन, मंसिर ५ः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वाम एकताले अस्थिर सरकार बन्ने नजिर समाप्त भएको बताएका छन् ।

भरतपुरमा भएको चुनावी सभामा सम्बोधन गर्दै उनले देशमा शान्ति र स्थायित्वका लागि स्थिर सरकार आवश्यक रहेको बताए। देश बनाउन पाँच वर्ष स्थायी सरकार बनाउने र देशमा विकासको लहर सिर्जना गर्ने बताउदै उहाँले वाम गठबन्धनले समृद्ध नेपाल, सुखी नेपाली बनाउने देशव्यापी अभियान ल्याएको समेत दाबी गरे ।

वाम गठबन्धनका उम्मेदवारलाई भोट माग्दै उनले विगतलाई बिर्सिन र सानो चित्त नबनाउन आग्रह समेत गरे । अब देश बनाउने र विकास गर्ने संकल्पका साथ अघि बढ्नुपर्ने भन्दै उनले पार्टी एकता हुन्न कि भन्ने कुनै सन्देह नराख्न पनि आग्रह थियो ।

अब नेपालमा कहिल्यै पनि नाकाबन्दी नहुने भन्दै उनले कांग्रेस सरकारले भारतसँग बिगारेको सम्बन्ध आफूले सुधारेर चीनसँग समेत पारवाहन सन्धी गरेको स्मरण गराए । कार्यक्रममा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले दुई तिहाई बहुमत ल्याएर मुलुकलाई स्थायित्व दिनका लागि वाम गठबन्धनलाई मतदान गर्नुपर्ने बताए ।

प्रतिकृया