चुनावी सभामा नेताहरुले छोरालाई सम्झदा भक्कानिइन् सिता दाहाल

मङ्लबार, मंसिर ५, २०७४ | ०९:३०:१४ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौँ, मंसिर ५ः पुत्रवियोगमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पत्नी सीता चितवनको चुनावीसभामा सहभागी भएका छन्।

संयुक्त वाम गठबन्धनले आयोजना गरेको चुनावीसभामा सहभागी हुन दाहाल दम्पती आज चितवन आइपुगेका हुन्। उनीहरुका दिवंगत छोरा प्रकाशकी पत्नी बिना पनि सँगै चितवन पुगिन् । चितवनको बसपार्कमा भएको चुनावीसभामा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुले सम्बोधन गरिरहेका छन्।567iop

मञ्चमा रहेका दाहाल दम्पती निकै भावुक अवस्थामा देखिएका छन्। गत आइतबार हृदयाघातका कारण दाहालका एक मात्र पुत्र प्रकाशको निधन भएको थियो।

सभालाई माओवादी अध्यक्ष प्रचण्डले भने सम्बोधन नगर्ने उनको निजी सचिवालयले जनाएको छ। सभामा सर्वसाधारणको बाक्लो उपस्थिति रहेको छ। चितवन ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका प्रचण्डसँग राप्रपा प्रजातन्त्रिकका विक्रम पाण्डे प्रतिस्पर्धा गर्दैछन्।

प्रतिकृया