कांग्रेस सरकारले गर्यो राष्ट्रवादी निर्णय, बुढिगण्डकी विद्युत प्राधिकरणले बनाउने

शुक्रबार, मंसिर ८, २०७४ | ०४:१२:१८ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं, मंसिर ८ : सरकारले बुढीगण्डकी जलाशययुक्त आयोजना आफैले निर्माण गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले सरकारी लगानीमा आयोजना निर्माण गर्ने निर्णय गरेको उपप्रधान एवम् ऊर्जा मन्त्री कमल थापाले जानकारी दिए।

मन्त्री थापाका अनुसार अब बुढीगण्डकी आयोजना विद्युत प्राधिकरणले निर्माण गर्ने छ। सरकारले प्राधिकरणलार्इ आवश्यक प्रक्रिया अगाडि बढाउनसमेत निर्देशन दिएको छ।
१२ सय मेगावाट क्षमताको जलाशययुक्त आयोजना एक चिनियाँ कम्पनीलार्इ निर्माण जिम्मा दिने पुष्पकमल दाहाल नेतृत्वको सरकारले गरेको सम्झौता एक साता अघि मात्र खारेज गरेको थियो।

प्रतिकृया