जनताको अधिकार खोसेर कम्युनिष्ट अधिनायकवाद ल्याउन खाज्दैछन् : प्रधानमन्त्री देउवा

शनिबार, मंसिर ९, २०७४ | ०६:००:३६ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

d6काठमाडौं, मंरि ९ : प्रधानमन्त्री शेरबहादुर देउवाले कम्युनिष्टहरु मुलुकमा जनताका अधिकार खोसेर अधिनायकवाद ल्याउने रणनीतिमा रहेको बताउदै लोकतन्त्र बचाउन कांग्रेसलाई मतदान गर्न आहवान गर्नुभएको छ ।
शनिबार नवलपरासीको सुनौला, रुपन्देहीको देवदह र पाल्पाको मुजुङ र रामपुरमा आयोजित चुनावी सभालाई सम्वोधन गर्दै प्रधानमन्त्री देउवाले जनताको निजि सम्पत्तीको अधिकार समेत खोस्नेगरी कम्युनिजम ल्याउन एमाले र माओवादीको गठवन्धन भएको बताउनु भयो । ‘एमाले र माओवादीले जनताको निजि सम्पत्तीमाथिको अधिकार खोसेर स्वतन्त्रपूर्वक पेशा व्यवशाय गर्न पाउने लोकतान्त्रिक अधिकार खोस्दैछन्’ कांग्रेस सभापति समेत रहेको प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘अव तपाईहरुले लोकतन्त्र रोज्ने की कम्युनिष्ट अधिनायकवाद रोज्ने भन्ने फैसला मंसिर १० र २१ गते हुने चुनावमा गर्नुपर्छ ।’
प्रधानमन्त्री देउवाले लोकतान्त्रिक व्यवस्थाभित्र आफ्नो भिष्ट पुरा गर्न नसक्ने भएपछि कम्युनिष्टहरु फेरि एक भएर लोकतन्त्रमाथि धावा बोल्न खोजेकोपनि बताउनु भयो । ‘कम्युनिजम ल्याएर मुलुकको स्रोत र साधनलाई पार्टीकरण गर्ने तयारीमा कम्युनिष्ट गठवन्धन छ’ उहाँले भन्नुभयो, ‘यो कम्युनिष्ट र लोकतन्त्रवादीबीचको जनमत संग्रहनै हो, त्यसैले सोचेर मात्रै मतदान गर्नु होला ।’
प्रधानमन्त्री देउवाले २०४६ पछि मुलुकमा भएका विकासको मुख्य श्रेय कांग्रेसकै भएको बताउदै अहिलेसम्म जति विकास भयो त्यो कांग्रेसले मात्रै गरेको पनि बताउँनु भयो । ‘तपाईको गाउँ गाउँमा जे जति जिकास भएका छन् यो कांग्रेसलेनै ल्याएको हो’ उहाँले भन्नुभयो, ‘अव कांग्रेसलाई मतदान गर्नुहोस हामी केही बर्षमै मुलुका आर्थिक समृद्धि र विकासको उचाईमा पु¥याउछौ ।’

प्रतिकृया