माघ ११ देखि ‘क्यान इन्फोटेक’ मेला

शुक्रबार, मंसिर २९, २०७४ | ०५:०९:५४ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं, मंसिर २९ः माघ ११ देखि १६ गतेसम्म राजधानीको भृकुटीमण्डपमा क्यान इन्फोटेक मेला सुरु हुने भएको छ। कम्प्युटर एशोसिएसन अफ नेपाल क्यानले पत्रकार सम्मेलन गरी क्यान इन्फोटेक मेला आगामी माघ ११ गतेबाट सुरु हुने जानकारी गराएको हो ।

मेलामा अवलोकनकर्ताहरुले नयाँ नयाँ सूचना प्रविधि र उपकरण अवलोकन तथा खरिद गर्न सक्नेछन्। विश्वमा सूचना तथा प्रविधिको क्षेत्रमा भएका विकास तथा नयाँ नयाँ प्रविधिबारे जानकारी गराउने उद्देश्यले क्यानले हरेक वर्ष इन्फोटेक मेला आयोजना गर्दै आएको छ।

यस २४ औं संस्करणको “सुविस क्यान ईन्फोटेक २०१८ ईन एशोसिएशन विथ मोटोरोला” मा ४९ वटा ठुला र हल बाहिर ५ वटा ब्रान्डिङ्ग प्रदर्शनी कक्षहरु हुनेछन्। मेला अवलोकनका लागि सर्वसाधारणहरुलाई प्रवेश शुल्क १०० र विद्यार्थीहरुलाई ५० रुपैयाँ तोकिएको छ ।

२०७४ माघ १४ गते आईतबारको दिनलाई विजनेश डे को रुपमा घोषणा गरिएको छ । उक्त दिनको प्रवेश शुल्क सम्पुर्ण अवलोकनकर्ताहरुको लागि १०० रुपैयाँ तोकिएको छ ।

अवलोकनका लागि सरकारी विद्यालयहरुबाट अग्रिम रुपमा लिखित अनुरोधगरेमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको अध्यक्ष ढकालले जानकारी दिए। अनलाईन टिकट खरीद गर्नेले २० प्रतिशत छुट पाउनेछन्।

प्रतिकृया