राहुल गान्धीले लिए भारतीय राष्ट्रिय कंग्रेस अध्यक्षको सपथ, मोदी तथा भाजपाको कडा आलोचना

शनिबार, पुस १, २०७४ | ०२:४४:३४ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं, पुस १ः राहुल गान्धी भारतीय राष्ट्रिय कंग्रेसका नयाँ अध्यक्ष भएका छन्। ४७ वर्षीय राहुलले आफ्नी आमा सोनिया गान्धीको नेतृत्वलाई प्रतिस्थापन गर्दै शनिबार सपथ लिएका हुन्।

सोनियाले सन् १९९८ देखि कंग्रेसको नेतृत्व सम्हालेकी थिइन्। दिल्लीस्थित पार्टीको मुख्यालयमा अध्यक्ष पदको सपथ लिएका राहुल निर्विरोध भएका हुन्। भारतीय जनता पार्टीको उदयसँगै कठिन समयमा रहेको बेला कंग्रेसले राहुललाई पार्टी अध्यक्ष चुनेको हो। राहुल विगत ५ वर्षदेखि पार्टीको उपाध्यक्ष थिए।_99229815_rahul-gandhi1-pti

१ सय ३१ वर्ष लामो विरासत बोकेको कंग्रेसको शीर्ष नेतृत्व लिने राहुल गान्धी नेहरू परिवारका छैठौं सदस्य हुन्। उनको नेतृत्वमा कंग्रेसले पुरानो साख फर्काउनु पर्ने चुनौती छ।

अध्यक्ष पदको जिम्मेवारी ग्रहण गरे लगतै राहुलले प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनता पार्टीको कडा आलोचना गरेका छन् ।

देशमा लाग्दै गएको हिंसाको आगो निभाउने एक मात्र शक्ति कांग्रेस रहेको र कांग्रेसका नेता तथा कार्यकर्ता भाजपाले फैलाएको हिंसाको आगो निभाउने प्रयासमा रहेको उनले बताए ।

प्रतिकृया