पेट्रोलियम पदार्थको मूल्य बढ्यो

बुधबार, पुस ५, २०७४ | ०८:४९:५३ am मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं, पुस ५ः पेट्रोलियम पदार्थको मूल्य बृद्धि भएको छ ।

नेपाल आयल निगमले मंसिर २२ गते पेट्रोलियम पदार्थको मूल्य बढाएपछि १५ दिनकै अन्तरालमा यो दोस्रोपटक बृद्धि गरेको हो ।

पेट्रोल, डिजेल र मट्टितेलमा साविक मूल्यमा एक – एक रुपैंयाले बृद्धि गरेको आयल निगमले जनाएको छ । निगमले मंगलबार राती १२ बजेबाट लागू हुने गरी बृद्धि भएको जनाएको छ ।

अब नयाँ मूल्य अनुसार डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ७८ रुपैंया पर्नेछ, भने पेट्रोलको मूल्य १ सय १ रुपैंया हुनेछ ।

पेट्रोल, डिजेल, मट्टितेलको मूल्य बढे पनि हवाई ईन्धन र ग्याँसको मूल्य भने यथावत नै राखिएको उनले बताए ।

प्रतिकृया