ओलीलाई फकाएर आयल निगम फर्किन खोज्ने दाउमा खड्का

मङ्लबार, पुस ११, २०७४ | ०८:५८:२० am मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं, पुस ११ः इन्धन भण्डारणको जग्गा खरिद अनियमितता आरोपमा कारबाहीमा परेका नेपाल आयल निगमका तत्कालिन कार्यकारी निर्देशक गोपाल खड्काले फेरि निगम फेर्किन लबिङ गरेका छन्।

खड्काले भावी प्रधानमन्त्रीको रुपमा चर्चामा आएका एमाले अध्यक्ष केपी ओलीलाई भेटेर निगम फर्किने व्यवस्था मिलाईदिन अनुरोध गरेका खबर आजको नागरिक दैनिकमा दिलीप पौडेलले लेखेका छन्। खड्काले विगतदेखि नै ओली निकट शक्ति दलाल समूहसँग मिलेर काम गर्दै आएका छन्।

निगमको इन्धन भण्डारण जग्गा खरिदमा पनि उक्त समूहको संलग्नता छ, जसले मुलुकका विभिन्न व्यवसाय क्षेत्रमा आफ्नो पहुँच वढाउँदै लगेको छ। तिनैको योजनाअनुसार खड्काले मुलुकको संघीय संरचनाअनुसार सातै प्रदेशमा पेट्रोलियम पदार्थ भण्डारण डिपो निर्माणको काम जग्गा खरिदमार्फत् अघि वढाएका हुन्।

यस अघि सरकारले खड्कालाई वर्खास्त गर्ने निर्णय गरेपछि एमाले अध्यक्ष ओलीले खड्काको बचाउ गर्दै भरीयालाई नभई मालिकलाई कार्वाही गर्नु पर्ने सार्वजनिक अभिव्यक्ति दिएका थिए।

प्रतिकृया