डाक्टर उपेन्द्र देवकोटाको स्वास्थ्य सुधारोन्मुख, राष्ट्रपतिले लिईन् जानकारी

मङ्लबार, पुस ११, २०७४ | ०९:००:१४ am मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं, पुस १०ः राष्ट्रपति विद्यादेवी भण्डारीले वरिष्ठ न्यूरो सर्जन डाक्टर उपेन्द्र देवकोटाको स्वास्थ्यस्थितिबारे जानकारी लिएकी छिन् ।

पित्तथैलीमा समस्या देखिएपछि बेलायतको लण्डनमा उपचार गराइरहेका डाक्टर देवकोटालाई सोमबार अपराह्न टेलिफोन गरी उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै स्वास्थ्यलाभको कामना गरेको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।  upendra-devkota

डाक्टर देवकोटाले आफ्नो पित्तथैलीमा समस्या देखिएको र अहिले स्वास्थ्यमा सुधार भइरहेको जानकारी राष्ट्रपतिलाई दिएको बुझिएको छ । प्रमुख स्वकीय सचिव अधिकारीका अनुसार राष्ट्रपति भण्डारीले शनिबार पनि लण्डनस्थित नेपाली राजदूतावासमार्फत डा देवकोटाको स्वास्थ्यबारे जानकारी लिएकी हुन् ।

नेपालका उत्कृष्ट न्यूरो सर्जन ६३ वर्षीय डाक्टर देवकोटाको किग्ङ्स कलेज अस्पतालमा उपचार भइरहेको बताइएको छ । पूर्व स्वास्थ्य मन्त्री समेत रहेका डाक्टर देवकोटाको स्वास्थ्यलाभको कामना गर्दै आइतबार पशुपति मन्दिरमा दीप प्रज्ज्वलन गरिएको थियो ।

प्रतिकृया